पूर्वमन्त्री मातृका यादवलाई अण्डकोषमा गम्भीर चोट, थप उपचारकोलागि काठमाडौं रिफर

जनकपुर । जनकपुरमा आमहड्ताल सफल पार्न सडकमा उत्रिएका नेकपा दाहाल–नेपाल समूहका नेता/कार्यकर्ता र प्रहरीबीच विहिवार दिउँसो झडप हुँदा नेकपाका नेता एवं पूर्वमन्त्री मातृका यादवको अण्डकोषमा गम्भीर चोट लागेको छ ।

घाइते भएर प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका यादवको अण्डकोषमा गम्भीर चोट लागेको अस्पतालका मेसु प्रमोद यादवले पुष्टि गरेका छन् । उनको सामान्य उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको छ ।

झडपकै क्रममा यादवसहित केन्द्रीय नेता रामचन्द्र झासहित एक दर्जनभन्दा बढी नेता/कार्यकर्ताहरु घाइते भएका थिए । झालाई पनि थप उपचारको लागि काठमाडौं पठाइएको नेकपा संघर्ष समिति धनुषाका संयोजक सुधिर साहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस