आम हडताल सफल पार्न सहयोग गरेकोमा धन्यवाद्ः मण्डल

राजविराज, २२ माघ । प्रधानमन्त्री के.पी. शर्मा ओलीद्वारा गरिएको प्रतिनिधि सभा विघटन विरुद्धको संघर्षका कार्यक्रम अन्तर्गत आम हडताल सफल बनाउनमा सहयोग पुर्याउनेलाई नेकपा सप्तरीका अध्यक्ष अशोक कुमार मण्डल(अमर)ले धन्यवाद दिएका छन् ।

विहीबार आह्वान गरिएको आमहडताल सफल बनाई दिएकोमा सप्तरीका सम्पूर्ण नागरिक समाज, उद्योगी व्यारी, संघ संस्था तथा सम्पूर्ण जनसमुदायलाई उनले धन्यवाद दिएका छन् । असंवैधानिक निरंकुश र प्रतिगमन कदम विरुद्ध राजनीतिक पार्टीहरु, नागरिक समाज, संघ संस्थाहरु र आम जनसमुदाय सहित सिंगो देश उक्त असंवैधानिक एवम् प्रतिगामी कदम विरुद्ध आन्दोलनरत रहेको भन्दै आगामी दिनमा समेत अध्यक्ष मण्डलले निरन्तर सहयोगको अपेक्षा गरेका छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस