बोदे बरसाईनमा सञ्चालित टि–२० क्रिकेटको उपाधीमाथि देउरीको कब्जा

उमेश साह
बोदे बरसाईन । सप्तरीको बोदे बरसाईन नगरपालिका–८ रजपट्टिमा सञ्चालित नकआउट टि–२० क्रिकेट प्रतियोगिताको उपाधी नागबाबा युवा क्रिकेट टिम देउरीले हात पारेको छ । जितमहान बाबा युवा क्रिकेट कल्व रजपट्टीद्वारा आयोजना गरिएको अन्तिम खेलमा बोदे बरसाईन नगरपालिका–१० अमरैया क्रिकेट टिमलाई पराजित गर्दै नागबाबा युवा क्रिकेट टीम देउरीले उपाधी हात पारेको हो ।

खेल समापनपछि खेलकुद समितिको अध्यक्ष पशुपति यादवको अध्यक्षता तथा बोदे बरसाईन नगरपालिकाका नगरप्रमुख आतेश कुमार सिंह यादवको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमका बीच विजेता र उप विजेतालाई मेडल, कप सहितका पुरस्कार हस्तान्तरण गरिएको छ । विजेतालाई नगर प्रमुख यादवले मेडल हस्तान्तरण गरेका छन् भने उप विजेतालाई वडा अध्यक्ष तपसी यादवले कप र पुरस्कार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा सशस्त्र बेस क्याम्प बोदे बरसाईन प्रमुख उत्सव बिष्ट र ईलाका प्रहरी कार्यालय बोदे बरसाईनको प्रमुख अरुण सिंह, बोदे बरसाईन नगरपालिका–८, ९ र १० का अध्यक्ष लक्ष्मी प्रसाद साह, तपशी यादव र सुमित यादव, पत्रकार उमेश कुमार साह, नगरपालिकाका सदस्य श्रीप्रसाद भगत, खेलकुद समिति अध्यक्ष कामेश्वर यादव, वडा सदस्य पुरण यादव, शिव नारायण ठाकुर, दिलिप यादव, भिखरी यादव, काचन स्वास्थ चौकीका प्रमुख कृष्ण महासेठ, शिक्षक बिमल यादव लगायतको उपस्थिति थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस