आज पनि तराई र पहाडका केही भु–भागमा हुस्सु

जनकपुर, २९ माघ । नेपालमा पश्चिमी वायुको आंशिक प्रभावले विहिवार पनि तराई र पहाडका केही भू–भागमा हुस्सु लागेको छ । यद्यपी, विहिवार मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तराई र पहाडीका केही भू–भागमा हुस्सु लागिरहँने जनाएको छ । यसैगरी विहिवार दिउँसो र रातिमा बागमती प्रदेश, गण्डकी, प्रदेश नं.१ मा आंशिक बदली रही बाँकी भु–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाले हल्कादेखि मध्यम हिमपातको सम्भावना र तराईका केही भू–भागमा विहानपख हुस्सु/कुहिरो लागिरहँने र चिसो अझै रहिरहने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

तीन दिनसम्म कस्तो रहला मौसम ?

माघ २९ गते (बिहीबार)

दिउँसो : बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश-१ मा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

राति : बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश-१ मा आंशिक बदली रही बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ ।

माघ ३० गते (शुक्रबार)

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र प्रदेश नं १ मा आंशिक बदली रही प्रदेश नं २ मा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका केहि स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

फाल्गुन ०१ गते (शनिबार)

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

राति : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस