उपसभामुख देवद्वारा सन्यासी बाबा गढी मन्दिरको शिलान्यास

राजविराज, २९ माघ । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ वरही विरपुरस्थित सन्यासी बाबा गढीको मन्दिर निर्माण हुने भएको छ । प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत संसदीय विकास कोषको रकमबाट सो मन्दिरको निर्माण हुन लागेको हो ।

प्रदेश २ की उपसभामुख उपमा देवले विहिवार एक कार्यक्रमका बीच सो मन्दिरको शिलान्यास गरेकी छन् । उपभोक्ता समितिमार्फत कुल ५ लाख रुपैयाँको लागतमा सन्यासी बाबा गढी मन्दिर निर्माण हुन लगेको छ ।

शिलान्यास कार्यक्रममा वडा अध्यक्ष विनोद कुमार यादवले स्थानीयवासिन्दाको आस्था एवं श्रद्धाको केन्द्रका रुपमा रहेको सन्यासी बाबा गढीको मन्दिर निर्माणमा रकम छुट्याएर सहयोग गरेको प्रति उपसभामुख देवलाई धन्यवाद दिए । कार्यक्रममा स्थानीय नेता, युवा, सर्वसाधारण लगायतको उपस्थिती थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस