प्रदेश २ का प्रदेश प्रमुखबाट परियारलाई हटाइएसँगै झा नियुक्त

राजविराज, ७ फागुन । प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झालाई नियुक्त गरिएको छ । यसअघि शुक्रवारै राष्ट्रपति विद्यादेवी भण्डारीले तिलक परिवारलाई प्रदेश प्रमुख पदबाट मुक्त गरेकी थिइन् ।

शुक्रवारै राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्बाट सिफारिसमा नयाँ प्रदेश प्रमुखमा रौतहटका झालाई नियुक्त गरेकी छन् । झालाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम झालाई नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा छ ।

नवनियुक्त प्रदेश प्रमुख झा ‘राजेश अहिराज’ को नामले परिचित छन् । मधेश मामिलामा विद्यावारिधी गरेका झा पत्रकारितामा समेत संलग्न छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस