जबरजस्ती करणी उद्योगका प्रतिवादी मो.सहादत कारागार चलान

राजविराज, ७ फागुन । सप्तरीमा जबरजस्ती करणी उद्योगका एक जना प्रतिवादी पुर्पक्षको लागि कारागार चलान भएको छ । सुरुङ्गा नगरपालिका–५ का २० वर्षिय पहाडी भनिने मो.सहादत करागार चलान भएका हुन् ।

गत भदौ ३० गते एक १५ वर्षिया बालिकाले प्रहरीमा गरेको जाहेरीको आधारमा उनलाई माघ १२ गते पक्राउ गरिएको थियो । पक्राउ गरिएका सहादतलाई अदालतमा पेश गरिएकोमा आज (शुक्रवार) भएको अदालतको आदेशले उनलाई पुर्पक्षको लागि कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वर प्रसाद साहले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस