विराटनगर, ८ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहले आज (शनिवार) विराटनगरमा शक्ति प्रदर्शनसहित आमसभा गर्दैछ ।
आमसभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, नेता सुभासचन्द्र नेम्वाङ र प्रदेशका मुख्यमन्त्री शेरधन राई लगायतले सम्बोधन गर्ने कार्यक्रम छ । आमसभामा दुई लाख समर्थक उतार्ने तयारी रहेको नेकपा केन्द्रीय सदस्य विनोद ढकालले बताए ।
आमसभाअघि कञ्चनबारी, रोडशेष, तीनपैनी, हाटखोला लगायतका चोकबाट जुलुस निकालिने कार्यक्रम छ । आमसभा लक्षित गरी विराटनगर आसपासको सुरक्षा व्यवस्था कडा पारिएको छ ।