जसपाका संघीय परिषद् अध्यक्ष डा.भट्टराईको उपचार आजबाट सुरु हुने

जनकपुरधाम, १० फागुन । पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको उपचार आजबाट शुरु हुने भएको छ । उनी हिजो (आइतवार) भारतको राजधानी नयाँदिल्ली पुगेका हुन् ।

डा.भट्टराईको दिल्लीको वसन्तकुञ्जस्थित इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइसेन्समा उपचार हुने प्रेस सल्लाहकार विश्वदीप पाण्डेले जानकारी दिएका छन् । सोमबार दिउँसो साढे १ बजे वरिष्ठ चिकित्सक विक्रम भाटियाले डा.भट्टराईको परीक्षण गर्नेछनन् ।

ललितपुरको निदान अस्पतालमा उपचार गराउँदै आएका डा.भट्टराईको न्युरो–इन्डोक्राइनमा ट्युमर पलाएको आशंका गरिएपछि उनी श्रीमती हिसिला यमी र प्रेस सल्लाहकार पाण्डेका साथ दिल्ली पुगेका हुन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780