दाहाल–नेपाल समूहको ६८ वटा जिल्ला नेतृत्व चयन (सूचीसहित)

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले ६८ वटा जिल्लाको नेतृत्व गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको सो समूहले जानकारी दिएको छ । बाँकी नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर नाम सिफारिस गर्नेछ ।

आइतबार मात्रै अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालबीच साबिकका नेकपा माओवादी केन्द्र र नेकपा एमालेबीच आधा(आधा (५० प्रतिशतको अनुपातमा) भागवण्डा मिलाउने सहमति भएको थियो ।

६८ जिल्लामा नेतृत्व चयन हुँदा पूर्व एमालेले ३३ जिल्लामा र पूर्व माओवादी पक्षले ३५ जिल्लामा नेतृत्व (अध्यक्ष) पाएको छ । अब ९ जिल्लामा मात्रै नेतृत्व चयन गर्न बाँकी छ । बाँकी रहेका जिल्लाामा दुवै पक्षलाई ५०–५० प्रतिशतको अनुपातमा भागवण्डा गर्ने तयारी गरिएको छ ।

Prachanda-Nepal jilla neta
Author:



क्याटोगरी छान्‍नुहोस