हनुमान चालिसा पाठ प्रतियोगितामा प्रथम सुदिप र द्वितीय भुपेन्द्र

राजविराज, १३ फागुन । हनुमान चालिसा पाठ प्रतियोगिताको प्रथम पुरस्कार झापाका सुदिप श्रेष्ठलाई प्रदान गरिएको छ । द्वितीय लौनियाँका भुपेन्द्र कुमार मण्डल खत्वे र तृतीय रुपेश महतोलार्ई प्रदान गरिएको आयोजकले जनाएको छ ।

विजयादशमी २०७७ को उपलक्ष्यमा श्रीहरि कथा योजनाद्वारा जनकल्याण प्रतिष्ठान एकल अभियान नेपालको सहयोगमा सञ्चालित हनुमान चालिसा पाठ प्रतियोगितामा २५ जनालाई सहभागी गराइएको थियो ।

तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित श्रीरामजानकी सतसंग भवनको प्रांगनमा बुधवार सतसंग प्रवचन कार्यक्रम आयोजना गरि प्रशंसा पत्रसहित उनीलाई सम्मान गरिएको छ । सो कार्यक्रमका संयोजक किरण गौतम, अध्यक्ष जनकल्याण प्रतिष्ठान, श्रीहरिकथा योजनाका अध्यक्ष भिखमचन्द सरलसहितको सहभागीता रहेको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस