प्रदेश २ मा यतिले लगाए कोरोना विरुद्धको खोप

राजविराज, २८ फागुन । कोरोनाविरुद्ध दोस्रो चरणको अभियान अन्तर्गत प्रदेश २ मा अहिलेसम्म डेढ लाखभन्दा बढी जेष्ठ नागरिकले खोप लगाएका छन् ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक डा.विजय कुमार झाका अनुसार अहिलेसम्म एक लाख ६८ हजार ५६८ जनाले खोप लगाएका हुन् ।

जसमा सबैभन्दा बढी धनुषामा खोप लगाएका छन् । धनुषामा २० हजार ६१३ जना, बारामा २८ हजार ६ सय जना, सर्लाहीमा २७ हजार ८८५ जना, महोत्तरीमा २४ हजार ५५५ जना, सिरहामा १८ हजार ६०८ जना, रौतहटमा १४ हजार ९५९ जना, सप्तरीमा १३ हजार ८४८ जना र पर्सामा १० हजार १९७ जनाले खोप लगाएको निमित्त निर्देशक डा.झाले मधेशलाइभलाई जानकारी दिए ।

गत आइतवारबाट सुरु भएको दोस्रो चरणको खोप अन्तर्गत ३ लाख ७२ हजार २११ जनालाई खोप लगाउने लक्ष्य लिइएको छ । जसमध्ये अहिलेसम्म ४६ प्रतिशतलाई खोप लगाइसकिएको जनाएको छ । प्रदेशमा पहिलो चरणमा ३४ हजार ८०४ जनाले खोप लगाइएइको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस