खेलाडीहरुको संरक्षण संवर्द्धनका लागि प्रदेश सरकार क्रियाशिल: मन्त्री साह

राजविराज, २९ फागुन । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले खेलाडीहरुको संरक्षण संवर्द्धनका लागि प्रदेश सरकार क्रियाशिल रहेको बताएका छन् । शनिवार जिल्ला भारोत्तोलन संघ सप्तरीद्वारा आयोजित प्रथम देवसुन्दर यादव स्मृति राष्ट्रिय खुल्ला महिला/पुरुष भारोत्तोलन प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

‘खेलाडी प्रदेशको मात्रै नभई देशकै गहना हुन्’ उनले भने–‘प्रदेशभरिका खेलाडीहरुको संरक्षण संवर्द्धनका लागि प्रदेश सरकार क्रियाशिल छ ।’ जिल्ला भारोत्तोलन संघ सप्तरीका अध्यक्ष महेश कुमार यादवको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा संविधानसभा सदस्य सुर्यनाथ यादव, राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु यादव, रुपनी गाउपालिकाका प्रमुख हरेराम यादव लगायतको उपस्थिती थियो ।

भारोत्तोलनमा नेपाल र ससस्त्र प्रहरी तथा नेपाली सेनाको बिभागिय टोलीसहित देशभरिका २० वटा टिम सहभागीता छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस