आफ्नो पार्टी जसपालाई सरकारको नेतृत्व दिन तयार छ : मातृका

प्रियासिंह थारु
राजविराज, २९ फागुन । नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य मातृका प्रसाद यादवले आफ्नो पार्टी जनता समाजवादी पार्टीलाई सरकारको नेतृत्व दिन तयार रहेको खुलासा गरेका छन् । प्रेस संगठन नेपालको सप्तरी शाखाद्वारा शनिवार राजविराजमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले प्रतिपक्षी नेपाली कांग्रेस समर्थन दिन तयार भए आफ्नो पार्टी जनता समाजवादी पार्टीलाई सरकारको नेतृत्व दिन तयार रहेको बताए । उनले माओवादी केन्द्र सरकारवाट समर्थन फिर्ता लिने निष्कर्षमा पुगेको छ तर नेकपा एमालेबाट सरकारको नेतृत्व परिवर्तन भए समर्थन जारी रहने बताए ।

पार्टी एकिकरण पछि नेकपा माओवादी केन्द्रका नेताहरु उदारवादी हुनु नै आफुहरुको कमजोरी भएको र सो कमजोरीको फाइदा केपी ओलीले उठाएर सहमतिको उलंघन गरेको आरोप लगाउँदै नेता यादवले सहमतीको पालना नगरी ठग्न खोज्ने ओलीसँग अब कुनै प्रकारको सहकार्य नहुने स्पष्ट गरे ।

पार्टी एकिकरणका लागि न्यायिक पुनरावलोकणमा सर्वोच्च जाने नजाने विषयमा कानून विदहरुसँग छलफल भईरहेको र कानून विदहरुको राय बमोजिम पार्टी पुनरावलोकणमा जाने नेता यादवले जानकारी समेत दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780