नेकपा माओवादी केन्द्रद्वारा सांसद प्रभू साहसहितकालाई २४ घण्टाभित्र सरकार छाड्न निर्देशन

जनकपुरधाम । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आफ्ना सांसदहरुलाई २४ घण्टाभित्र सरकार छाड्न निर्देशन दिएको छ ।

पेरिसडाँडामा शनिवार सम्पन्न स्थायी कमिटी बैठकले माओवादी केन्द्रका तर्फबाट सांसद रहेका मन्त्रीहरूलाई सरकार छाड्न निर्देशन दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

माओवादीका सांसदहरू गृहमन्त्री रामबहादुर थापा, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग मन्त्री लेखराज भट्ट, शहरी विकास मन्त्री प्रभू साह, श्रम मन्त्री गौरीशंकर चौधरी सरकारमा सहभागी छन् । यी नेताहरू माओवादी छाडेर नेकपा एमालेमा प्रवेश गरिसकेका भएपनि कारवाही प्रक्रिया अगाडि बढाउन माओवादी केन्द्रले औपचारिक निर्देशन दिएको हो ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780