लकडाउन अवधीको शुल्क मिनाहा हुनुपर्ने माग गर्दै विद्यार्थीहरु आन्दोलित

विराटनगर, ६ चैत । सुनसरीको इटहरीका निजि कलेजमा अध्ययरत विद्यार्थीहरुले इटहरीको मुख्य चोकमा सडक अवरुद्ध पारेका छन् । कोरोना महामारीका कारण भएको लकडाउनमा कलेज बन्द रहे पनि कलेज प्रशासनले शुल्क असुल्न थालेपछि विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

विद्यार्थीहरुले पुर्वपश्चिम राजमार्ग र कोशी राजमार्गको धरान विराटनगर सडक खण्डमा सांलो बनाएर यातायात अवरुद्ध बनाएका छन् । विद्यार्थीहरुको आन्दोलनले लामो तथा छोटो दुरीका सवारी साधन ठप्प छन् ।

विद्यार्थीहरुले इटहरी उपमहानगरको गेट अगाडी पनि धर्ना दिएर चर्काे नाराबाजी गरिरहेका छन् । विभिन्न कलेजबाट एकजुट भएर विद्यार्थीहरुद्वारा निकालिएको र्यालीका सहभागीहरुले लकडाउनको बेलाका शुल्क मिनाहा हुनुपर्ने माग गरेका छन् । र्यालीमा कोशी कलेज, कस्तुरी, बिश्व आदर्श, सुष्मा लगायत कलेजका विद्यार्थीहरु सहभागी छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780