जनकपुरमा सिटीइभिटी परीक्षाको प्रश्नपत्र आउट आरोपमा पाँच जना पक्राउ

जनकपुरधाम, ६ चैत । धनुषाको जनकपुरमा परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा शुक्रवार पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरु फोटोकपी पसलका सञ्चाल हुन् ।

उनीहरुमाथि सिटीइभिटी परीक्षा सञ्चालन भइरहेको बेला प्रश्नपत्र आउट गरेको आरोप छ । जनकपुरधाम उपमहानगरपालिका–४ भैरब र मुरली चौकबाट केही व्यक्तिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । यद्यपी, उनीहरुको नाम भने खुलाइएको छैन् ।

प्रश्नपत्र आउट भएको प्राप्त सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको उनले बताए । सो बारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर सिक्नुपर्यो ? अब तपाईको शहर राजविराजमा बर्षौ देखिको अनुभव सहित कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780