जसपा नेता यादवको दलहरुमाथि टिप्पणी–‘बबूर रोपेपछि अंगूर कहाँ खान पाइन्छ !’

राजविराज, ६ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता एवं प्रतिनिधिसभा सदस्य राजकिशोर यादवले विश्वकै उत्कृष्ट संविधान रहेको दावी गर्नेहरु अहिले संविधानमा विभिन्न समस्याहरु देखाइरहेको बताएका छन् ।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा दलीय आधारमा सम्बोधन गर्दै उनले आफूहरुले सुरुदेखि नै संविधान त्रुटिपूर्ण रहेको कुरा भन्दै आएको स्मरण गराए । ‘हामी त्यति बेलै भनेका थियौं, सम्पूर्ण नेपालीको भावना समेट्ने गरी संविधान निर्माण गरौं, हाम्रो कुराहरु पनि राखौं’ उनले भने–‘त्यतिबेला प्रमुख शक्तिहरुको बीचमा भएका २२ बुँदे र ८ बुँदे सम्झौतालाई जसरी अन्देखा गरेर संविधान निर्माण गर्ने काम भयो र विश्वकै उत्कृष्ट संविधान पनि भनियों, उनीहरु पनि आज संविधानमा विभिन्न समस्या देखाइरहेका छन् ।’

त्यसैले हाम्रो मधेशमा एउटा कहाबत (उखान टुका) छ, ‘बबूर (काटे रुख) रोपेपछि अंगूर कहाँ खान पाइन्छ’, उनले भने । उनले जसरी एकअर्काको अस्तित्वलाई स्वीकार्य गरिएन त्यसैको परिणाम स्वरुप आज यो समस्या भोग्नु परेको स्पष्ट गरे ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780