राजविराजमा भएको हत्या घटनाका एक प्रतिवादी पक्राउ, ७ जना अझै फरार

सप्तरी, ६ चैत । सप्तरीको राजविराज नगरपालिका–७ खर्साल टोलमा एक वर्षअघि भएको हत्या घटनाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज–७ कै २४ वर्षीय श्रवन कुमार मेहता छन् ।

मेहतालाई विहिवार सुनसरीको धरान उपमहानगरपालिका–८ तिनकुनेबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक माधव प्रसाद काफ्ले जानकारी दिए । २०७६ असार १० गते जिल्लाकै तिरहुत गाउँपालिका–३ का २५ वर्षीय कृष्ण विराजी यादवको हत्या भएको थियो ।

छोराको हत्या भएको भन्दै कृष्णका बुवा उपेन्द्र प्रसाद यादवले मेहतासहित ८ जना विरुद्ध प्रहरीमा जाहेरी हालेका थिए । घटना लगत्तै फरार रहेका मेहतालाई पक्राउ गरिएको छ भने संलग्न भनिएका अन्य ७ जना अझै फरार छन् । उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस