धादिङमा बलात्कार, बाराबाट आरोपी पक्राउ

जनकपुर । बारा प्रहरीले बलात्कार गरेको आरोपमा एक भारतीय नागरिकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बिहार मोतिहारी जिल्लाका आदापुर औरहिया पञ्चायतका हाल धादिङ बेनिघाट रोराङ गाउँपालिकामा बसोबास गरिरहेका २५ वर्षीय संजय हवारी छन् ।

पक्राउ परेका हवारी गत चैत ८ गते एक बालिकालाई बलात्कार गरी फरार रहेको प्रहरीको भनाई छ । हवारीबारे ईलाका प्रहरी कार्यालय गजुरी धादिङबाट प्राप्त सूचनाको आधारमा बाराको देवताल गाउँपालिका–७ पिपरपाती जब्दीमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

उनलाई थप कारबाहीको लागि ईलाका प्रहरी कार्यालय गजुरी धादिङ पठाइएको मिश्रले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस