निर्वाचनमा होमिएका निर्मला नेतृत्वको प्यानल सप्तरीमा [भिडिओ]

राजविराज, २१ चैत । नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिएर प्रचारप्रसार थालेकी निर्मला शर्मा प्यानलसहित शनिवार सप्तरी आएकी छन् ।

उनीसहित वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार माधव नेपाल, महिला उपाध्यक्ष पदकी उम्मेदवार दाना केसी, समावेशी उपाध्यक्ष पदका उम्मेदवार अवधेश झा, महासचिव पदमा उम्मेदवार बालकृष्ण बस्नेत, मधेसी सचिव पदकी उम्मेदवार स्वेता सिन्हा, महिला सचिवकी पदकी उम्मेदवार निमा काफ्ले लगायत सम्मित टोली सप्तरी आएका हुन् ।

उनीहरुलाई नेपाल पत्रकार महासंघ शाखा सप्तरीका अध्यक्ष जितेन्द्र खड्गासहित सञ्चारकर्मीहरुले स्वागत गरेका छन् । कार्यक्रममा आमसञ्चार प्राधिकरण प्रदेश २ का अध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिल प्रदेश २ का अध्यक्ष शिवहरि प्रसाद भट्टराई, महासंघ शाखा सप्तरीका पूर्व अध्यक्ष शम्भु झा लगायतका शुभकामना दिएका थिए ।

सोही कार्यक्रमबाट उम्मेदवारहरुले सप्तरीसहित देशभरका पत्रकारलाई निर्वाचनमा साथ र सहयोग गर्न आग्रह गरे । महासंघको यही चैत २५ गते निर्वाचन हुन लागेको हो ।

भिडिओ हेर्नुहोस्ः

Author:



क्याटोगरी छान्‍नुहोस