प्रदेश २ मा थप ८ जनामा कोरोना संक्रमण

जनकपुरधाम । प्रदेश २ मा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा सुक्रबार साँझ २९ जनाको पिसिआर परीक्षण गर्दा पर्साका ८ जनामा संक्रमण देखिएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका प्रमुख डा. विजय कुमार झाले बताए ।

उनका अनुसार वीरगन्ज महानगरपालिका–२ का २० र ५१ वर्षीय पुरुष,३ का ६३ वर्षीय महिला , १० का १६ वर्षीय पुरुष,१२ का ३८ वर्षीय पुरुष,२७ का १३ र ३५ वर्षीय महिला संक्रमण देखिएको हो ।

आज पुष्टि भएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र वहाँहरु स्वास्थ्यकर्मीको सम्पर्कमा होम आइशोलेसनमा छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस