कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छः डा.भट्टराई

जनकपुरधाम, २१ चैत । जनता समाजवादी पार्टी (जसपा) नेपाल संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको निर्णयलाई प्रशंसा गरेका छन् ।

शुक्रबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले आफ्नै नेतृत्वमा सरकार बनाउने निर्णय गरेपछि डा. भट्टराईले प्रशंसा गरेका हुन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका डा.भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं । आ–आफ्ना दलका फरक एजेण्डा हुन्छन् तर ती सबैभन्दा माथि देश, जनता र लोकतन्त्रको आवश्यकता÷प्राथमिकता हुन्छ । आजको दिनमा मुख्य प्राथमिकता भष्मासुर ओलीको बिदाइ नै हो है ।’

Author:



क्याटोगरी छान्‍नुहोस