नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने

जनकपुरधाम । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने गरी पहल गर्ने निर्णय गरेको छ । शुक्रवार अबेर साँझ पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

काँग्रेसको नेतृत्वमा सरकार गठनको पहल र प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने निर्णय भएको नेताहरुले जानकारी दिएका छन् ।

बैठकमा १० जना नेताले आफ्नो धारणा राखेका थिए भने बैठक जारी रहेकाले निर्णयको पूर्ण विवरण पछि आउने बताइएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस