सप्तरीः पानी भरेर राखेको बाल्टिनमा डुबेर बालिकाको मृत्यु

उमेश कुमार साह
बोदे बरसाईन, २० चैत्र । सप्तरीको बोदे बरसाईन नगरपालिका–३ मधुवनमा बाल्टिनमा भरेको पानीमा डुबेर शुक्रवार एक बालिकाको मृत्यु भएको छ ।

कपडा धुनको लागि बाल्टिनमा भरेको पानीमा डुबेर देविन यादवका १६ महिनाकी छोरी अस्मिता यादवको मृत्यु भएको हो ।

खेल्ने क्रममा डुबेकी बालिकाको निसासिएर मृत्यु ईलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक विरेन्द्र पासवानले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस