२४ घण्टामा थप १७६ जनामा कोरोना संक्रमण

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा थप १७६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जनामा पिसिआर गर्दा १७६ जनामा कोरोना पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ११७ जना निको भएर फर्किएका छन् । योसँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ७३ हजार २४० पुगेको छ ।

हाल १ हजार ६७२ जना सक्रिय संक्रमित छन् । सक्रिय सवै जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस