पत्रकार महासंघ सप्तरीः कसले मार्ला बाजी ?

राजविराज, २२ चैत । नेपाल पत्रकार महासंघ शाखा सप्तरीको अध्यक्ष पदमा दुई जनाले प्यानलसहित उम्मेदवारी दिएका छन् । यही चैत २५ गते हुने निर्वाचन तालिकाअनुसार आज (आइतवार) अध्यक्ष पदमा मनोहर कुमार पोखरेल र श्रवण कुमार देवले प्यानलसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

पोखरेलको प्यानलबाट उपाध्यक्षमा वैद्यनाथ यादव र पार्वती कुमारी सिंह (महिला), सचिवमा रामनारायण विश्वास, सहसचिवमा चन्दन यादव, सहसचिव डम्वर राई (समावेसी), कोषाध्यक्षमा शुभचन्द्र झाले उम्मेदवारी दिएका छन् । यसैगरी खुला सदस्यहरुमा विद्यानन्द राम, खगेन्द्र कार्की, गंगा प्रसाद साह र राजेन्द्र कुमार मिश्रको उम्मेदवारी परेको छ भने महिला सदस्यमा रश्मी झा, दलित सदस्यमा राजकुमार पासवान, आदीवासी जनजाति सदस्यमा कृष्णकुमार मण्डल, मधेशी सदस्यमा धर्मपाल राउतले उम्मेदवारी दिएका हुन् ।

प्रदेश परिषद् सदस्यतर्फ पोखरेल प्यानलबाट आनन्द मोहन शर्मा, देवेन्द्र मिश्र, दिनेश शर्मा, रामअधिन साह (मधेशी), विन्दु भट्टराई (महिला), वृजमान तामाङ (आदीवासी जनजाति), उत्तम आचार्यको उम्मेदवारी परेको छ भने राष्ट्रिय परिषद् सदस्यतर्फ धमला भट्टराई, सुखराम यादव र शुभनारायण यादवले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिए ।

यसैगरी देवको प्यानलबाट उपाध्यक्षमा विनयकुमार लाल कर्ण र अम्बिका दाहाल (महिला), सचिवमा सतिष कुमार दत्त, सहसचिवमा कृष्णदेव यादव, सहसचिवमा गोपाल प्रसाद गुप्ता (समावेशी), कोषाध्यक्षमा नविन गुप्ताले उम्मेदवारी दिएका छन् । सोही प्यानलबाट खुला सदस्यमा अरुणकुमार यादव, दिनानाथ यादव, रामनारायण यादव र विन्दु कुमार यादवको उम्मेदवारी परेको छ भने मधेशी सदस्यमा परिष कुमार कर्ण र अन्य समावेशी सदस्यमा महेश्वर भारतीले उम्मेदवारी दिएका छन् ।

निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको नामावली सूची अनुसार देव प्यानलबाट महिला र दलित पदमा उम्मेदवारी परेको छैन् ।

यसैगरी प्रदेश परिषद् सदस्यतर्फ देव प्यानलबाट अनिल पोखरेल, अरुण कुमार तिवारी, नरेश कुमार चौधरी, निरज कुमार मण्डल, पवन कुमार मिश्र र शिवनारायण साहको उम्मेदवारी परेको छ भने राष्ट्रिय परिषद् सदस्यतर्फ देवराम यादव र मनोजकुमार माझीले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रतर्फ महिला उपाध्यक्षमा रक्षा कुमारी कर्ण र खुला सदस्यमा भोला रमण उप्रेतीको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस