पेट्रोलियम पदार्थको मूल्य बढ्यो

जनकपुरधाम । नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आइतवार राति १२ बजेदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

ट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको निगमले जनाएको छ । अब पेट्रोलको प्रतिलिटर मूल्य १ सय २० रुपैयाँ र डिजेल मटितेलको १ सय ३ रूपैयाँ कायम भएको छ।

यता खाना पकाउने ग्यास तथा हवाई इन्धनको बिक्री मूल्य भने हाललाई यथावत नै राखिएको निगमले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस