सांसद पद गुमाए पनि पुनः मन्त्रीमा सिफारिस

जनकपुरधाम । नेकपा माओवादी केन्द्रको सिफारिसमा सांसद पद गुमाएका चार जना नेताहरु पुनः मन्त्री बन्ने भएका छन् ।

सांसदसँगै मन्त्री पद गुमेका लेखराज भट्ट, प्रभु साह, टोपबहादुर रायमाझी र गौरीशंकर चौधरीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री पदमा पुनर्नियुक्तिको सिफारिस गरेका हुन् । उनीहरुको शुक्रवारै साँझ सपथग्रहण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनीहरु केन्द्र छाडेर एमाले प्रवेश गरेपछि केन्द्रकै सिफारिसमा प्रतिनिधिसभा बैठकले विहिवार पदमुक्त भएको जानकारी गराएको थियो । सोहीसँगै राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनीहरु सांसदबाट पदमुक्त भएका थिए ।

Author:



क्याटोगरी छान्‍नुहोस