राजविराज विमानस्थलः आजबाट १५ दिनका लागि रोकियो उडान

राजविराज, १० वैशाख । सप्तरीको राजविराज विमानस्थलमा आज (शुक्रवार)बाट १५ दिनका लागि उडान सेवा रोकिएको छ ।

विमानस्थलको धावनमार्ग स्तरोन्नती कार्य थालिएकोले वैशाख १० गतेदेखि २५ गतेसम्म उडान सेवा रोकिएको हो । विमानस्थलबाट ‘बुद्ध एयरलायन्स’ले काठमाडौंदेखि राजविराज र राजविराजदेखि काठमाडौंसम्म नियमित उडान भर्दै आएको छ ।

‘विमानस्थलमा स्तरोन्नती कार्य थालिएको तत्काललाई विमान सेवा रोकिएको छ’ बुद्ध एयरलायन्स राजविराजका प्रबन्धक अनिल राजवंशीले भने–‘स्तरोन्नती कार्य सकिएसँगै विमानस्थल सेवा पुनः सुचारु हुनेछ ।’

Author:



क्याटोगरी छान्‍नुहोस