चलचित्र बोर्डको सदस्यमा अशोक, वैद्यनाथ र पुष्पा नियुक्त

 

जनकपुरधाम, १० वैशाख । प्रदेश २ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले चलचित्र तथा लोक सञ्चार प्रवद्र्धन बोर्डको सदस्यमा तीन जनालाई नियुक्त गरेको छ ।

बोर्ड अध्यक्ष धर्मेन्द्र कुमार मोरवैता (पप्पु)का अनुसार मन्त्री स्तरीय निर्णय अनुसार शुक्रवार कला एवम् लोक सञ्चार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदैआएका गीतकार अशोक कुमार दत्त, बैद्यनाथ राय (बि.एन. पटेल) र कलाकार पुष्पा यादवलाई चयन गरिएको हो । सदस्यमा नियुक्त भएका दत्त मैथिली भाषाका चर्चित गीतकार हुन् । यस अतिरिक्त उनी विगत तीन दशकदेखि मैथिली पत्रकारिता तथा साहित्यका विभिन्न विधामा सशक्त रुपमा कलम चलाउँदैआएका छन् ।

यस्तै राय मैथिली रङ्गमञ्चको क्षेत्रमा चर्चित छन् । उनी हास्य व्यंग्यको क्षेत्रमा फिल्महरुमा अभिनयका साथै नाटक, लघु फिल्म लेखन तथा निर्देशनमा सक्रिय छन् । नव नियुक्त सदस्य यादव कला, सञ्चार, अभिनय एवम् लेखन तथा निर्देशनमा सक्रिय छन् ।

गत माघ २३ गते बसेको मन्त्री परिषद्को निर्णय अनुसार यस अघि चलचित्र तथा लोक सञ्चार प्रवद्र्धन बोर्डको अध्यक्षमा सिरहा निवासी धर्मेन्द्र कुमार मोरवैता (पप्पु)लाई नियुक्त गरिएको थियो ।

Author:



क्याटोगरी छान्‍नुहोस