विराटनगरमा निषेधाज्ञा लगाउने तयारी

बिराटनगर । कोभिड १९ संक्रमितको संख्या बढ्दै गएपछि स्थानीय प्रशासनले विराटनगरमा निषेधाज्ञाको तयारी गरेको छ। दैनिक एक सय बढी सङ्क्रमित भेटिन थालेपछि विराटनगर प्रशासनले निषेधाज्ञाको तयारी गरेको हो ।

‘विराटनगर र आसपासको क्षेत्रमा निषेधाज्ञा जारी हुन्छ,’ मोरङका सहायक प्रमुख जिल्ला अधिकारी महेशराज तिम्सिनाले भने,‘ निर्णयका लागि जिल्ला स्तरीय सतर्कता समितिको बैठकले बसिरहेकाे छ ।’

उनका अनुसार विराटनगरसहित सुनसरीसँग सीमा जोडिएका स्थानीय तहहरुमा निषेधाज्ञा जारी हुनेछ । जिल्लाका अन्य स्थानीय तहमा सङ्क्रमितको सङ्ख्या न्यून रहेकाले तत्काल जिल्लाभर निषेधाज्ञा जारी गर्न व्यावहारिक नहुने उनको भनाई छ ।

निषेधाज्ञा जारी गर्ने मिति र समय छलफल पछि टुङ्गो लाग्नेछ ।

Author:



क्याटोगरी छान्‍नुहोस