सप्तरीका थप २६ जनामा कोरोना संक्रमण पुष्टि, सक्रिय संक्रमित कति पुगे ?

राजविराज, १७ वैशाख । सप्तरीमा आज (शुक्रवार) मात्रै २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा ५९ जनाको पिसिआर परीक्षण गर्दा २७ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

जसमध्ये रामेछापकी एक ३० वर्षीया महिलामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनका अनुसार राजविराज नगरपालिकाकै मात्रै १४ जनामा संक्रमण देखिएको हो । वडा नम्वर १ का ६० वर्षीय, २ का १५ वर्षीय, ३ का ३४ वर्षीय, ५ का ४२ र ७० वर्षीय, ७ का ३५ र ४० वर्षीय पुरुषमा संक्रमण देखिएको उनले जानकारी दिए ।

यसैगरी वडा नम्वर ८ का २२ र ३१ वर्षीय महिला तथा ४०–४० वर्षीय दुई जना पुरुष, ९ का ६० वर्षीय, १० का २५ र ११ का ४२ पुरुषमा संक्रमण पुष्टि भएको निमित्त प्रमुख यादवले बताए ।

योसँगै डाक्नेश्वरी नगरपालिका–३ का ४८ वर्षीय र ९ का ३० वर्षीय पुरुष, शम्भुनाथ नगरपालिका–५ का ३८ र ७ का ३० वर्षीय पुरुष, खडक नगरपालिका–९ का २२ वर्षीय पुरुष, बलान विहुल विहुल गाउँपालिका–१ का ४५ वर्षीय पुरुष, तिलाठी कोइलाडी गाउँपालिका–१ का ५८ वर्षीय र ६० वर्षीय पुरुष, विष्णुपुर गाउँपालिका–६ का ६० वर्षीय पुरुष, राजगढ गाउँपालिका–४ का १९ वर्षीय पुरुष, छिन्नमस्ता गाउँपालिका–५ का ५१ वर्षीय पुरुष र अग्निसाइर कृष्णासवर गाउँपालिका–१ का ५७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

योसँगै सप्तरीमा १ हजार ९०६ पुगेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख यादवले बताए । जसमध्ये १ हजार ७८२ जना निको भइसकेका छन् । हाल सप्तरीमा सक्रिय ७६ जना सक्रिय संक्रमित छन् । कोरोना भाइरस संक्रमणबाट हालसम्म सप्तरीमा ४२ जनाले ज्यान गुमाइसकेको स्वास्थ्य कार्यालयको तथ्यांक छ ।

Author:



क्याटोगरी छान्‍नुहोस