२४ घण्टामा कोरोनाबाट ३३ जनाको मृत्यु

जनकपुरधाम । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ३३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २७९ पुगेको छ ।

सोही अवधिमा ५ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अहिलेसम्म नेपालमा संक्रमित हुनेको संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ९२८ जना निको भएका छन् ।

योसँगै निको हुनेकोसंख्या २ लाख ८१ हजार ९५ पुगेको छ । हाल नेपालमा ३८ हजार ८१३ जना सक्रिया संक्रमित छन् ।

Author:



क्याटोगरी छान्‍नुहोस