कोरोनाको जोखिम बढेसँगै निषेधाज्ञा गर्ने जिल्लाहरुको संख्या पनि बढ्दै

जनकपुरधाम । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो देखिएका २७ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ । सरकारले संक्रमणको हेरेर निषेधको आदेश जारी गर्न सक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै संक्रमण रोकथाम गर्न सो जिल्लाहरुमा निषेधाज्ञा जारी गरिएको छ ।

२७ जिल्लामध्ये आज (शनिवार)सम्म २४ जिल्लामा निषेधाज्ञाको आदेश कार्यान्वयनमा आएको छ भने तीन जिल्लामा आइतबादेखि निषेधाज्ञा कार्यान्वयमा आउने गृह मन्त्रालयले जनाएको छ । केही जिल्लामा आंशिक र कतिपय जिल्लामा आवश्यकता हेरी फरकफरक आदेश जारी गरिएको छ ।

सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रजिअलाई निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको छ ।

सोही अधिकार प्रयोग गर्दै बाँके, सुर्खेत, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, कैलाली, पर्सा, कञ्चनपुर, दाङ, पाल्पा, चितवन, रुपन्देही, सल्यान र सुनसरीमा आदेश कार्यान्वयनमा छ । कालीकोट, बागलुङ, बर्दिया र दार्चुलामा आंशिक आदेश जारी भएको छ । जाजरकोटमा आजै १८ रातिदेखि निषेधाज्ञा हुँदैछ ।

सल्यान, डडेलधुरा र झापामा आइतबारदेखि निषेधाज्ञा कार्यान्वयन हुने गृह मन्त्रालयले जनाएको छ । आदेश जारी भएका जिल्लामध्ये कास्की, सुनसरी र झापामा सवारी साधनलाई जोरबिजोर प्रणालीमा सञ्चालन गरिएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस