श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि हुनेछः प्रधानमन्त्री ओली

विराटनगर, १८ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शनिबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्ष २०७८–०७९ देखि लागू हुने गरी श्रमिकको न्यूमतम् पारिश्रमिक वृद्धि गर्ने घोषणा गरेका हुन् ।

आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम् पारिश्रमिक मासिक १५ हजार रुपैयाँ गरिने उनले बताए । हाल श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजाार ४५० तोकिएको छ भने दैनिक ५१७ तोकिएको छ । अगामी आर्थिक वर्षदेखि दैनिक ज्याला ५७७ कायम गरिने प्रधानमन्त्री ओलीले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस