सप्तरीका थप एक कोरोना संक्रमितको मृत्यु

राजविराज, १८ वैशाख । सप्तरीका थप एक कोरोना भाइरस संक्रमितको शनिवार मृत्यु भएको छ । संक्रमणपछि उपचारको लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा भर्ना भएका राजविराज नगरपालिका–९ का ४५ वर्षीय पुरुषको मृत्यु भएको हो ।

संक्रमण पुष्टि भएपछि शुक्रबार दिउँसो उनलाई भर्ना गरिएकोमा उपचारकै क्रममा शनिवार विहान पौने ६ बजेतिर मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । उनका अनुसार मृतकमा उच्च रक्तचाप र मधुमेहको समस्या पनि थियो ।

तीन साताअघि कोरोनाको दोस्रो लहर देखिएको सप्तरीमा अहिलेसम्म ७६ जना सक्रिय संक्रमित छन् । दोस्रो लहरमा दुई जनासहित सप्तरीमा हालसम्म कोरोना संक्रमणबाट ४३ जनाको मृत्यु भइसकेको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सप्तरीमा हालसम्म १ हजार ९०६ जना संक्रमित भएका छन् भने १ हजार ७८२ जना निको भइसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस