आईपीएल क्रिकेटमा अनलाइनबाट सट्टेबाजी खेलाउने एक जना पक्राउ

वीरगन्ज । भारतमा जारी आईपीएल क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी र जुवा खेलाउने एक जनालाई रौतहटबाट प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहट गौर नगरपालिका–१ बस्ने २६ वर्षका सुधीरकुमार जैसवाल छन् ।

उनले आफैंले सञ्चालन गरेको मोबाइल पसलबाट आईपीएल क्रिकेटको सट्टेबाजी गर्ने र जुवा खेलाउने मास्टर एजेन्टका रूपमा कारोबार गर्दै आएको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो।

उनको साथबाट जुवा खेलाउन प्रयोग गरिएको मोबाइल तथा अनलाइनमार्फत ४८ जनाको ग्रुप बनाएर जुवा खेलाउने गरेको पाइएको प्रहरीले जनाएको छ।

सटेबाजी र जुवा खेलाउने क्रममा जैसवालले विभिन्न बैंकमार्फत १७ लाख ३९ हजार ६ सय ४० बराबरको सट्टेबाजी जुवा खेलाएको देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका सहायक प्रवक्ता एवं प्रहरी निरीक्षक सुशीलकुमार पाण्डेले जानकारी दिए।

Author:



क्याटोगरी छान्‍नुहोस