इहटरीमा बेवारिसे अवस्थामा भेटियो पुरुषको शव, हत्याको आशंका

इटहरी । सुनसरीको इटहरीस्थित पूर्व लाइनमा रहेको टेङ्ग्रा खोला नजिकै विहिबार एक पुरुषको शव फेला परेको छ । ईलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) अर्जुन केसीका अनुसार करिब २८/३० वर्षका उमेरका पुरुषको शव फेला परेको हो ।

खोला पारी एक घरको छेउबाट फेला परेको सो शवको टोउको, आखाँ तथा अन्य भागमा चोट देखिएको छ भने घरको छेउमा झोला, कपडामा रगत देखिएकाले हत्याको आशंका गरिएको छ । शवको हातमा दुखी चौधरी लेखिएको भएपनि पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको डिएसपी केसीले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस