स्वास्थ्य संकटकाल घोषणा गर्न जनकपुरका व्यवसायीको माग

जनकपुरधाम । जनकपुरका व्यवसायीहरुले स्वास्थ्य संकटकाल घोषणा गरी निजी अस्पताललाई कोरोना उपचारमा लगाउन माग गरेका छन ।

जनकपुरधाम उद्योग बाणिज्य संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेश सरकारले निजी अस्पतालको केहि भागलाई कोरोना उपचारका लागि अधिग्रहण गरी उपचारको व्यवस्था मिलाउन माग गरेको हो ।

संघका अध्यक्ष जितेन्द्र महासेठ र महासचिव मनोज कुमार साहले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै निषेधाज्ञा अवधिभरको घरभाडा र बैंकको ब्याज छुट गर्न जनकपुरका व्यापारीको माग गरेका छन ।

निषेधाज्ञाको सिधा मारमा उद्योगी व्यवसायीहरु परेकोतर्फ सरोकार राख्ने तीनै तहको सरकार पूर्ण उदासिन छ,’ विज्ञप्तीमा भनिएको छ, ‘उद्योगी व्यवसायीलाई गतिहिन बनाइएमा अर्थतन्त्र धारासायी हुनेतर्फ सचेत गराउँदै संघले भनेको छ, ‘निषेधाज्ञालाई निर्विकल्प उपाय नबनाइयोस् ।’

संघले प्रादेशिक अस्पताल जनकपुरधाममा चिकित्सक र स्वास्थ्यकर्मी थप्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । यस्तै जनकपुरकै मनिपालमा तत्कालै कोरोना अस्पताल संचालन गर्न पनि माग गरेको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस