गोरखापत्रद्वारा उत्कृष्ट कर्मचारीको रुपमा साह पुरस्कृत

राजविराज, २५ वैशाख । नेपालको सबैभन्दा पुरानो अखबार ‘गोरखापत्र’ संस्थानले वर्षेनी प्रदान गर्दै आएको ‘उत्कृष्ट कर्मचारी पुरस्कार’बाट यस वर्ष पत्रकार धिरेन्द्र प्रसाद साहसहितका पुरस्कृत हुने भएका छन् । गोरखापत्र प्रकाशनको १२१ वर्ष प्रवेश तथा छैटौँ राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा शुक्रबार पुुरस्कृत गर्ने घोषणा गरिएको हो ।

घोषणाअनुसार प्रदेश २ बाट साह (सप्तरी), प्रदेश १ बाट महेन्द्र विष्ट (मोरङ), बागमतीबाट बाबुराम शर्मा ( दोलखा), गण्डकीबाट तारा चापागाईं दुवे (कास्की), लुम्बिनीबाट दीपक ज्ञवाली (बुटवल), कर्णालीबाट कमल शर्मा (दैलेख) र सुदूरपश्चिमबाट गोकर्ण दयाल (बैतडी) पुरस्कृत हुनुहुुने पत्रकारहरूमा सूचीमा छन् । सो सूचीमा अन्य कर्मचारीहरु छन् ।

उक्त पुरस्कारको राशि २५ हजार ५५५ नगद र सम्मानपत्र रहेको संस्थानका प्रवक्ता तारा बस्यालले बताए । कोरोना महामारीका कारण औपचारिक कार्यक्रम आयोजना गर्न नसकेको र उपयुुक्त समयमा पत्रकार तथा कर्मचारीलाई पुुरस्कृत र सम्मानित गरिने उनले बताए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780