बुधवार पनि सप्तरीमा एक कोरोना संक्रमितको मृत्यु

राजविराज, २९ वैशाख । सप्तरीमा थप एक कोरोना संक्रमित पुरुषको आज (बुधवार) मृत्यु भएको छ ।

गजेन्द्रनारायण सिंह अस्पताल मातहतमा रहेको एचडियुमा उपचाररत भर्ना रहेका तिलाठी कोइलाडी गाउँपालिका–४ का ४७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सुर्यकान्त झाले जानकारी दिए ।

गत सोमवार (वैशाख २७ गते) अस्पतालमा भर्ना गरिएको उनमा श्वासप्रश्वासको समस्या देखिएको थियो । योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस