स्वास्थ्य कार्यालय सप्तरीद्वारा २० जना कर्मचारी माग (सूचनासहित)

राजविराज, २९ वैशाख । स्वास्थ्य कार्यालय सप्तरीले करार सेवामा कर्मचारी पदपूर्ति गर्न २० जना कर्मचारी माग गरेको छ । कार्यालयले बुधवार सूचना जारी गर्दै कोभिड–१९ महामारी नियन्त्रण गर्न खटाइने कर्मचारी भर्ना गर्न लागेको हो ।

सूचनाअनुसार मेडिकल अधिकृत ५ जना, स्टाफ नर्स परामेडिक्स १० जना, एनेस्थेसिया टेकनोलोजी, ल्याव असिस्टेन्ट र माइक्रोवायोलोजिष्ट १–१ जना तथा स्वीपर २ जना माग गरिएको छ ।

वैशाख ३१ गते दिउँसो ५ बजेसम्म कार्यालयमै उपस्थित भएर दरखास्त दर्ता गराउन सकिने कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780