वीरगन्जमा जेठ ६ सम्म निषेधाज्ञा

जनकपुरधाम । पर्सामा वैशाख १६ गते देखि वैशाख ३० गते सम्मका लागि निषेधाज्ञा एक साताका लागि थप गरिएको छ । बुधबार अपरान्ह बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी ) को बैठकले थप ७ दिनका लागि अर्थात् जेठ ६ गते सम्मका लागि थप्ने निर्णय गरेको हो ।

यसअघि पहिलो वैशाख १६ देखि वैशाख २२ गते सम्मका लागि लगाइएको निषेधाज्ञा वैशाख ३० गते सम्मका लागि थपिएको थियो । कोरोना संक्रमण र मृत्यु दर नियन्त्रणमा निषेधाज्ञा उपयोगी देखिएकाले निषेधाज्ञा ,जेठ ६ गते राति १२ बजे सम्मका लागि थप्ने निर्णय गरिएको डीसीसीएमसीको बैठकमा सहभागी पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए ।

यस्तै डीसीसीएमसीको बैठकले मुस्लिम धर्मावलम्बी इदुल फित्र इद पर्व भीडभाड नगरी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी आ-आफनै घरमा मनाउन आग्रह गर्ने निर्णय पनि गरेको छ । यस्तै बैठकले नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण कार्य, तीन सिफ्टमा २४ सै घण्टा संचालन गर्ने निर्णय पनि गरेको पौडेलले जानकारी दिए । दोस्रो लहर सुरु भएयता वीरगन्जमा कोरोनाबाट ९५ को मृत्यु भएको छ। यस्तै सक्रिय संक्रमितको संख्या १८ सय १० पुगेको छ।

Author:



क्याटोगरी छान्‍नुहोस