जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारलाई पत्नी शोक परेको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत गच्छदार पत्नी निर्मलाको आज (शनिवार) विहान निधन भएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
संक्रमणपछि उनलाई २ साताअघि अस्पताल भर्ना गरिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत कांग्रेस नेताहरूले गच्छदारको निधनमा श्रद्धाञ्जलि व्यक्त गर्दै शोक संतप्त परिवारमा समवेदना प्रकट गरेका छन् ।