सही उपचार अभावले नेपालमा धेरैको मृत्यु

जनकपुरधाम । कोरोना भाइरसको संक्रमणबाट नेपालमा छोटो अवधिमा धेरैजनाको मृत्यु हुनुको कारण सही उपचारको अभाव देखिएको विज्ञहरुले निष्कर्ष निकालेका छन् । नेपालमा कोरोना संक्रमणको दोस्रो लहर चैत अन्तिममा सुरु भएयताको पाँच सातामा एक हजार ६७६ जनाको मृत्यु भएको छ ।

यो संख्या गत वर्षको तुलनामा तेब्बर हो । विज्ञले दोस्रो भेरियन्ट कोरोना संक्रमणमा पनि पहिलो लहरकै जति मृत्युदर हुने बताएका थिए । नयाँ भेरियन्टको कोरोना भाइरस पहिलोभन्दा छिटै सर्ने भए पनि यसले बनाउने निमोनियाको समयमै पहिचान गरी उपचार गर्न सकेमा धेरैलाई बचाउन सकिने विज्ञको भनाइ छ ।

कोभिडको नयाँ भेरियन्टले छिटो निमोनिया बनाउँछ । निमोनिया भएका बिरामीलाई आइसियु र भेन्टिलेटर चाहिन्छ, जसको अभावमा नेपालमा मृत्युदर बढेको छ । त्रिवि शिक्षण अस्पतालका वरिष्ठ छातीरोग विशेषज्ञ डा. निरज बमका अनुसार एकैपटक धेरैलाई संक्रमण हुँदा उपचार अभावले मृत्युदर बढेको हो ।

कोरोनाबाट संक्रमित भएका मध्ये ८० प्रतिशतलाई कुनै समस्या हुँदैन, १५ प्रतिशत सामान्य उपचारले निको हुन्छन् भने बाँकी ५ प्रतिशतलाई आइसियु र भेन्टिलेटर चाहिन्छ । यो गम्भीर समूहका बिरामीका लागि समयमै अस्पतालमा पर्याप्त कोभिड वार्ड र आइसियु भएको भए मृत्यु संख्या कम हुने विशेषज्ञको आकलन छ ।

डा. बम भन्छन्, ‘बिरामीले समयमै भर्ना नपाउँदा केही दिनमै निमोनिया बढ्छ, यस्तो अवस्थामा बिरामीलाई आइसियुमा राखेर निमोनियाविरुद्धका औषधि चलाउनुपर्छ तर समयमै अस्पतालमा भर्ना नपाउँदा निमोनिया छिप्पिसकेको हुन्छ अनि ज्यान जान्छ ।’

निजी अस्पतालमा उपचार महँगो र सरकारीमा बेड अभावले संक्रमितको उपचारमा ढिलाइ हुने गरेको उनले बताए । निमोनिया भएका बिरामीलाई पनि एन्टिभाइरल, डेक्सामेथासोनजस्ता औषधि दिएमा सामान्य अवस्थामा फर्किन सक्ने चिकित्सकको भनाइ छ। ‘निमोनिया हुनै लाग्दा ५ दिनभित्रै राम्ररी अनुगमन गरी उपचार गरेमा निको हुन्छ’, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रवक्ता डा.अनुप बास्तोलाले भने । नागरिकबाट

Author:



क्याटोगरी छान्‍नुहोस

केतपाई बेभसाईट या एपलिकेशन बनाउन चाहनुहुन्छ? न्यूज पोर्टल बेभसाईट मात्र रु १५०००। बार्षिक रुपमा बुझाई बनाउन सकिनेछ । सम्पर्कः उमेश कुमार यादव 9804752133 BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780