१२ बुँदा अघि सार्दै उपेन्द्रले सोधे : ओलीले के के माग पूरा गर्ने भए ?

जनकपुरधाम । जसपाका अध्यक्ष उपेन्द्र यादवले मधेसमाथि फेरि पनि केपी ओलीबाट धोका हुने दाबी गरेका छन्।

विभिन्न ११ बुँदे माग अघि सार्दै यादवले ओलीले के के माग पूरा गर्छन् भन्ने कुरा स्वघोषित मधेसी नेताहरुले भन्नुपर्ने बताएका छन् ।

यादवले लेखेका छन्, ‘केपी ओलीले मधेसीहरुका सबै माग मुद्दाहरू पूरा गर्छन् भन्ने स्वघोषित मधेसी नेताले भन्नू पर्छ। यी मध्ये कुन कुन माग पुरा गरिदिए? नत्र झुठो बोली मधेसोहरुलाई भ्रममा पारी धोखा दिने र आफ्नो स्वार्थ पुर्ती गर्ने काम नहोस्।’

यस्तो छ यादवले अघि सारको ११ बुँदे माग

१. आत्मनिर्णयको अधिकारका साथै स्वयत्त मधेश प्रदेश सहित पहिचानमा आधारित (१०+१ ) प्रदेशको स्थापना ।

२. समनुपतिक निर्वाचन प्रणाली ।

३. शासन ( प्रशासन , न्यायपालिका , सेना, प्रहरी , कर्मचारीतन्त्र आदिमा सामुदायिक र जातीय जनसंख्याको आधारमा समानुपातिक समावेशीकरण ।

४. सरकारी कामकाजी भाषामा समान( बहुभाषिक नीति ।

५.  मधेसी समुदायको राष्ट्रिय पहिचानको मान्यता ।

६.  दलित , महिला र उत्पीडित समुदायको लागि आरक्षण र सामाजिक न्यायको ब्यबस्था ।

७.  राज्यद्वारा प्रदन गरिने सेवा, सुबिधा र अवसरमा समान पहुचको प्रत्याभूति ।

८.  वर्ग, वर्ण , लिङ्ग , जात र जातिका आधारमा हुने शोषण, उत्पीडन र बिभेद्को अन्त्य ।

९.  नागरिकता समस्याको समाधान ।

१०.  जल, जङ्गल र जमीनमाथिको अधिकार ।

११. संविधान संशोधन गरी राष्ट्रिय समस्याहरुको समाधान ।

१२. मधेस र थरुहट आन्दोलनको दौरान लगाइएका मुद्दहरुको खारेजी , रेशम चौधरी लगायत सम्पुर्ण राजबन्दीहरुको रिहाई ।

Author:



क्याटोगरी छान्‍नुहोस