प्रहरीमाथि अभद्र व्यवहार गर्ने ५ जना पक्राउ

वीरगन्ज । निषेधाज्ञा उल्लंघन गरी प्रहरीमाथि अभद्र व्यवहार गर्ने ५ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा एक जना भारतीय नागरिक पनि रहेका छन्।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१० निवासी साहेव शेख, पोखरिया नगरपालिका–३ का हनिफ हुसेन, बिन्दवासिनी गाउँपालिका ४ निवासी भोलाप्रसाद साह, वीरगन्ज १३ निवासी मोहम्द असरफ राइन र भारत बिहार जिल्ला बेतीया बैरी ३ बस्ने मुन्ना छन् ।

कोभिड–१९ रोग संक्रमण रोकथाम गर्ने उद्देश्यले पर्सा जिल्लामा जेठ ३० गतेसम्म लगाइएको निषेधाज्ञाको समयमा पसल खोलेका उनीहरूले बन्द गराउने क्रममा प्रहरीमाथि दुव्र्यवहार गरेको प्रहरीको भनाइ छ।

पक्राउ परेका पाँचै जनालाई सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर, संक्रामक रोग ऐन, २०२० बमोजिम कसुरमा कारबाही प्रकिया अघि बढाइएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

Author:



क्याटोगरी छान्‍नुहोस

कम्प्युटर तालिमको सर्टिफिकेट फाइलमा राख्न होइन, काम जान्ने गरी सिकौ । बर्षौ देखिको अनुभव प्राप्त प्रशिक्षकद्धारा तपाईको कम्प्युटर सिप विकास गर्न हामि प्रतिवद्ध छौं । सम्पर्कः BUSINESS WITH TECHNOLOGY PVT. LTD. Rupani Road, Rajbiraj Om Shanti Marg, Near at NTC Tower, Rajbiraj 56400 , 9804752133, 031-530780