आज सप्तरीमा ४७ जना संक्रमित थपिए, सात सय नाघ्यो सक्रिय संक्रमित

राजविराज, ३१ वैशाख । सप्तरीमा सक्रिय काेराेना संक्रमितको संख्या सात सय नाघेको छ । स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनिया लाल यादवकाअनुसार आज (शुक्रबार) ४७ जना संक्रमित थपिएसँगै सक्रिय संक्रमितको संख्या सात सय नाघेको हाे ।

आजसम्म सक्रिय संक्रमित ७२९ जना पुगेकाे उनले जानकारी दिए । संक्रमितमध्ये ६८६ जना होम आइसोलेसनमा छन् भने २९ जना संक्रमितको गजेन्द्र नारायण सिंह अस्पताल मातहतमा रहेको एचडियु कक्षमा उपचार भईरहेकाे छ ।

यसैगरी ८ जना साईकृष्ण अस्पतालको आईसाेलेसन र ६ जना छिन्नमस्ता अस्पतालको आईसाेलेसनमा छन्। सबैको स्वास्थ्य अवस्था समान्य रहेको जनाएको छ ।

Author:



क्याटोगरी छान्‍नुहोस