सप्तरीमा परिक्षणको दायरा बढाएसँगै भिटीएम अभाव

राजविराज, ३१ वैशाख । सप्तरीमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको बेला भिटिएम (संकलित स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ । केही यता परीक्षणको दायरा बढाएसँगै भिटिएम अभाव हुन थालेको हो ।

स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवका अनुसार दैनिक १८० देखि २ सयसम्म स्वाब संकलन गर्दै आएको बताए । ‘अहिले हामीसँग १ सय मात्रै भिटिएम बाँकी छ’ उनले भने–‘हामीले प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रलाई जानकारी पनि गरेका छौं भने आज मात्रै बसेको डिसिसिएमसीको बैठकबाट प्रदेशबाट ५ हजार भिटिएम माग गर्ने निर्णय समेत भइसकेको छ ।’

भिटिएम आउन ढिलाइ भए स्वाब संकलन कार्य पनि प्रभावित हुनसक्ने सम्भावना उनले बताए । ‘आपूर्ति गर्न ढिलाइ भए स्वाब संकलन कार्य प्रभावित हुनसक्ने सम्भावना छ, तर डिसिसिएमसीले पनि प्रदेश सरकारसँग माग गर्ने निर्णय गरिसकेकाले समयमै आइसक्ने विश्वास गरेका छौं ।’

उनले रि–एजेन्ट र एन्टिजेन पनि अभाव हुने अवस्थामा पुगेको बताए । ‘अहिले हामीसँग रि–एजेन्ट १५० र एन्टिजेन पनि ६०० सय मात्रै बाँकी छ’ उनले भने–‘रि–एजेन्ट र एन्टिजेन पनि माग गर्ने निर्णय भइसकेको छ ।’

Author:



क्याटोगरी छान्‍नुहोस